उपत्यकामा मात्र २४०२ जनामा संक्रमण पुष्टि,
असोज ३० ,काठमान्डौ – वितेको २४ घन्टामा उपत्यकामा मात्र २४०२ कोरोना संक्रमित फेला परेका छन्।
जसमा काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।
तेस्तै पछिल्लो समय २१ जनाको निधन भएपछि कुल ७१५ जनाको मृत्यु भईसकेको छ।

