वीरगञ्जबाट २३ किलो बढी सुन बरामद,
कार्तिक १ , वीरगञ्ज – प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ। चाड पर्व नजिकिएपछि प्रहरीले विशेष निगारानी बढाएको छ ,वीरगञ्ज महानगरपालिका,५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले उक्त सुन फेला पारेको हो ।
प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरेको छ । प्रहरीले सुनका गरगहना पनि बरामद गरेको बताएको छ जसको तौल ६८१ ग्राम छ ।
सबै सुन मात्र गरेर ३३ केजी बढी सुन बरामद गरेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । तेसै गरि उनका अनुसार २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।
सुन फेलापरेको फ्ल्याटका मालिक आउने सुचनापछि प्रहरी रातभरी तेहा समेत बसेको थियो ,मालिक नआएपछि त्यहास्थित भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको पन्तले बताईन ।

