Gold
Bangad salyan

कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले हानिन ढुंगा ,

कार्तिक ,१ काठमान्डौ – कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरले बीच विवाद भएपछि उपमेयरले शिलालेखमा ढुंगा हानेकी छिन।

घोडाघोडी नगरपालिकाकी मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीच शनिबार सार्वजानिक रुपमानै विवाद भएको हो।

मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर थापाले शिलालेखमा आफ्नो नाम छुटाएको भन्दै आपत्ति जनाएकी थिइन्।

उनले शिलालेखमा ढुंगा र मुड्की प्रहार गरेकी थिइन् भने मुर्दावाद भन्दै नारा लगाएकि थिइन्। शिलालेखमा मेयर वडा अध्यक्ष ,सदस्यको नाम राखेको तर आफ्नो नाम छुटाएकोमा विरोध गरेको उपमेयर थापाले बताईन।

शिलालेखमा कसको नाम राख्ने भन्ने विषयमा यसअघि आफूलाई जानकारीनै नभएको र आफू अनुगमनमा गएका बेला शिलालेख हेर्न नदिएको समेत उनले आरोप लगाइन्।

शिलालेख सच्याउन भन्दै नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरलाई फोन गर्दा जानीजानी छुटाएको भनेर उल्टै हप्काएको समेत थापाले आरोप लगाइन्।

शनिबार बिहान घटस्थापनाको अवसर पारी वडा नम्बर ५, ७ र १२ का कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो। २,३ दिनमा नाम थप्ने सहमति भएपछि वडा कार्यालय उद्घाटन भएको थापाले बताईन।