Gold
Bangad salyan

दशैँ मान्न हिडेका ५ जनाको संगै गाडी दुर्घटनामा मृत्यु ,

कार्तिक २ ,विराटनगर – वर्ष दिनको दशैँ मनाउन र आफ्नो घर परिवारलाई भेट्न पुगेका ओखलढुंगा र उदयपुरका ५ जनाले गाडी दुर्घटनामा ज्यान गुमाएका छन्।

शनिबार राति उदयपुरको कटारी नगरपालिका १४ भदौरे स्थित सिद्दिचरण लोकमार्गमा कार दुर्घटना हुँदा मानेभञ्ज्याङका ४ जना र उदयपुर कटारीका १ जनाको मृत्यु भएको हो ।

भैरहवाबाट बा २० च ७१७१ नम्बरको कार रिजर्भ गरेर भैरहवाबाट ओलढुंगातर्फ जाँदै गर्दा हिजो १२ बजे कार दुर्घटना भएको थियो।

दुर्घटनामा परि ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका ९ का ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीय नरमाया सार्की, २७ वर्षीय कर्णबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका,८ शिरिसेका ३० वर्षीय महेशबाबु बिकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा अन्य ३ जना गम्भीर घाईते छन्। दुर्घटनामा मानेभञ्याङ–९ की ३१ वर्षीय कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते छन् ।

कल्पना र सवारी चालक खड्काको अवस्था गम्भीर भएकाले उपचारका लागि विराटनगर ल्याइएको छ । मानेभञ्ज्याङ ९ का वडा अध्यक्ष नानीबाबु मगरका अनुसार दुर्घटनामा परेकाहरु भारतको लद्दाखबाट दशैँ मनाउन घर आएका थिए ।