कर्णाली प्रदेशमा आज ११० कोरोना संक्रमित फेला सुर्खेतमा मात्र ५८ जना ,
कार्तिक १ ,सुर्खेत – कर्णाली प्रदेशमा आजमात्र ११० जनामा कोरोना भाईरस संक्रमण फेला परेको छ। ति मध्ये सुर्खेत जिल्लामा मात्र ५८ जना ,दैलेख २५, जुम्ला ९, कालीकाेट १, रूकुम पश्चिम १, सल्यानमा ७ जनामा कोरोना संक्रमित फेला परेको हो।
तेस्तै कर्णाली प्रदेशका अन्य विभिन्न स्थानमा ९ जनामा कोरोना पुष्टी भएको छ। तेस्तै गत २४ घन्टामा कर्णालीमा ५० जना डिस्चार्ज भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ।
कर्णाली प्रदेशमा ३९८ ,संस्थागत आईसोलेसन र होम आईसोलेसनमा ७२९ रहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशका क्वारिनटिनमा ५२३ जना रहेका छन् भने हाल सम्म ३८३२ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।
तेस्तै कर्णाली प्रदेशका आईसियुमा ९ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए,कर्णाली प्रदेशको सुर्खेत जिल्लामात्र ५०० सय बढी कोरोना संक्रमित भएको जिल्लामा गनीएको छ।

