Gold
Bangad salyan

आज नेपालमा थप २९४२ जना नँया कोरोना संक्रमित फेला ,

कार्तिक २ ,काठमान्डौ – आज नेपालमा थप २९४२ जना नँया कोरोना संक्रमित थपिएका छन् ,यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३२,२४६ पुगेको हो।

तेस्तै आजको मिति सम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९३४१ रहेको छ। तेस्तै ,संस्थागत आईसोलेसनमा १२,९३३ र होम आईसोलेसनमा २६,४०८ जनाको उपचार भईरहेको स्वस्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै सरकारले आज १४८७५ पिसिआर परिक्षण गरेको बताएको छ ,हाल क्वारिनटिनमा ४८३१ जना रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

गत २४ घन्टामा डिस्चार्ज हुनेको संख्या २१२६ छ यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या ९२,१६६ पुगेको हो।

आईसियुमा उपचार्थको संख्या हाल नेपालभरी ३०१ र भेन्टिलेटरमा ६६ जना रहेका छन्। हाल सम्म नेपालको मुस्ताङ्ग जिल्ला कोरोना मुक्त भएको छ।

तेस्तै गत २४ घन्टामा १२ जनाको कोरोनाबाट निधन भएको छ यो संगै कुल मृतकको संख्या ७३९ पुगेको मन्त्रालयले बताएको छ।