आज उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिए ,
कार्तिक २ ,काठमान्डौ – आज उपत्यकामा थप १६९८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
काठमान्डौमा १४५१ भक्तपुरमा ९९ र ललितपुर १३० जना नँया संक्रमित थपिएको प्रवक्ता जागेस्वर गौतमले बताए।
आज देशभर २९४२ कोरोना संक्रमित फेलापरेपछि कुल संक्रमितको संख्या १३२,२४६ पुगेको हो।
तेस्तै आजको मिति सम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९३४१ रहेको छ। तेस्तै ,संस्थागत आईसोलेसनमा १२,९३३ र होम आईसोलेसनमा २६,४०८ जनाको उपचार भईरहेको स्वस्थ्य मन्त्रालयले जनाएको हो।

