Gold
Bangad salyan

जनतालाई हात मुख जोड्न गारो भएकोबेला नेपालि कांग्रेसका कुनै सांसदले दशैँ भत्ता नलिनु देउवा ,

कार्तिक ३ ,काठमान्डौ -प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

देउवाले सोमबार नेपाली कांग्रेसका सबै सांसदले दशैँ भत्ता भनेर खातामा हालीएको रकम फिर्ता गर्न आग्रह गरेका हुन्।

भत्ताबापतको रकम कोभिड- १९ उपचार कोषमा जम्मा गर्न संसदीय दलका नेता देउवाले निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कोरोना महामारीको बेला जनतालाई हात मुख जोड्न गारो भएको बेला सांसदहरूले तलबसहित दसैं भत्ता लिनु लजास्पद हुने भन्दै देउवाले यस्तो निर्देशन दिएका हुन्। तेस्तै यो अघिनै कति प्या सांसदले दशैँ भत्ता नलिने बताईसकेका छन्।