Gold
Bangad salyan

आज थप ३,७९० जना नँया कोरोना संक्रमित थपिए १८ जनाको मृत्यु ,

कार्तिक ३ ,काठमान्डौ – नेपालमा आज थप ३,७९० जना नँया कोरोना संक्रमितका बिरामी थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १७,५६४ पीसीआर परिक्षण गर्दा सो संख्या फेला परेपछि अब नेपालमा आकुल कोरोना संक्रमितको संख्या १३६,०३६ पुगेको छ।

आजको मिति सम्म देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २३३५ जना डिस्चार्ज भएपछि हाल सम्म ९४,५०१ जना निको भईसकेका छन्।

तेसैगरी पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको हो ।