३११४ जना कोरोना संक्रमित
१८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४६८ जना रहेका छन् ।
कहाँ कति संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४२, चितवनमा १९५, ललितपुरमा १६३, मोरङ, काभ्रेमा १४९, सुनसरीमा १०७, रुपन्देहीमा १०१, दाङमा ९७, मकवानपुरमा ७९, कैलालीमा ७३, नुवाकोटमा ६९, भक्तपुर र कास्कीमा ६३, बाँके ५३ जना संक्रमित भएका छन् । त्यस्तै तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, धनुषा र बर्दियामा २७र२७, धादिङमा २६ र झापामा २२ जना संक्रमित भेटिएका छन् ।
सिराहामा १९, नवलपरासीमा १८, गोरखामा १६, बागलुङमा १५, कपिलवस्तुमा १४, पर्सा, रामेछाप र सिन्धुपाल्चोकमा १३र१३ जना, रौतहट १२, दोलखा र गुल्मीमा ११र११ जना, बारा, महोत्तरी, जुम्ला र डोटीमा १०र१० जना, स्याङ्जा र रुकुम पश्चिममा ९र९ जना संक्रमित भएका छन् ।
ओखलढुंगा, सर्लाही, सिन्धुली र कालीकोटमा ८र८ जना, लमजुङ र दैलेखमा ७र७ जना, म्याग्दी, रोल्पा र सुर्खेतमा ६र६ जना, धनकुटा, पाल्पा र कञ्चनपुरमा ५र५ जना, अछाम, दार्चुला र बैतडीमा ४र४ जना संक्रमित भएका छन् ।
इलाम र उदयपुर, मुस्ताङ, रुकुम पूर्व ३र३, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, अर्घाखाँची, जाजरकोट, सल्यान र बझाङमा २र२ जना, पाँचथर, रसुवा, पर्वत, डोल्पा, मुगु र डडेल्धुरामा १र१ जना संक्रमित भएका छन् ।

