Gold
Bangad salyan

सुर्खेत धारापानीको टिम्मुर देशभरी कै अर्गानिक भएपछि सिधै जर्मन निर्यात

कार्तिक २१काठमाडौं-जुरिमालिका जडिबुटी उत्पादन सहकारी संस्थालिमिटेड गुर्भाकोट नगरपालिका वडान ९ धारापानीको टिम्मुर सिधै जर्मन पठाउने गरेको छ । नेपाल भरीबाटनै धारापानीको टिम्मुर अग्रानिक पहिचान गरेर जर्मनको श्रेस कम्पनीले सिधै जर्मान लाने गरेको संस्थाका सचिव दल बहादुर वलिले रंग दर्पनलाई बताए । संस्थाले काठमाडौको नेफा कम्पनीसंग सहकार्य गरि पहिलो वर्षमा १२ टन , र दोश्रो वर्षमा ७ ट्न अर्गानिक टिमुर पठाईसकेको छ ।

यो वर्ष पनि संस्थाले ८ टन जति टिम्मुर पठाउने र जस्को लागि तयारी भैइरहेको जुरिमालिका जडिबुटी उत्पादन संस्थालिका अध्यक्ष भुपेन्द्र डागीले बताए । नेपालभरीबाटनै एकन अर्गानिक टिम्मुर उत्पादन गर्ने धारापानीका किसानलाई जर्मन सरकारको स्रेस कम्पनीले १०८ जनालाई कृषक अर्गानिक सटिफिकेट उपलब्ध गराईसकेको छ भने थप ३७५ जनाले सटिफिकेट प्राप्त गर्दैछन ।

नेपालबाट सिधै अर्गानिक टिम्मुर पठाउने संस्थाले गुर्भाकोट ९ सेवाकेन्द्रमा टिम्मुर प्रसोधित मेशिन राखेको छ । तेस्तै कम्पनीले किसानलाई टिम्मुर सुकाउने टनेल उपलब्ध गराएपनि आफुहरुले वर्षने टनका टन टिम्मुर उत्पादन गर्दा यो टेनेल सानो भएको किसानले असन्तुस्त पोखे । टिम्मुरको रुख हाङागा जोगाउन सरकारले थप टनेल , रुखमा चड्ने भर्र्याङ् , कैँची जस्ता उपकरण उपलब्ध गराईदिन किसानले सरकारसँग  माग गरेका छन । डिभिजन कार्यलयले आफुहरुलाई थप टिम्मुर लगायात विभिन्न जडिबुटी उत्पादन गर्न वृक्षारोपण कार्यक्रम संचानल गर्नुपर्ने समेत उनिहरुले माग गरेका हुन ।

त्यस्तै धारापानीका किसानले ब्यवस्थापनसहित टिम्मुर उतपादन गर्ने र देशकै नमुना अर्गानिक टिम्मुर उत्पादन ब्यवस्थापन गरेको थाहापाएपछी डोटि अछाम लगायतबाट मानिसहरु बुझ्न आउने समेत गरेका छन ।त्यस्तै यो वर्ष धारापानीबाट चिउरीको अर्गानिक २० क्विन्टल घ्यु जापानमा परिक्षणको लागि पठाउन लागीएको सचिव दल बहादुर वलीले रंग दर्पणलाई जानकारी दिएका छन्  ।