Gold
Bangad salyan

२९ सय ९ जनामा कोरोना संक्रमण, १८ को मृ,त्यु

कार्तिक २१ , काठमाडौं-पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस ९ कोभिड (१९० संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन्। शुक्रबार ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।