Gold
Bangad salyan

२४ घण्टामा थप १९४६ संक्रमित, २५०३ डिस्चार्ज, १३ जनाको मृ,त्यु

३० कार्तिक,काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ४६ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । त्यसैगरी २५ सय ३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृ,त्यु भएको छ । १६ लाख बढीको पीसीआर परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या दुई लाख ८ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ । २४ घण्टामा १३ जनाको मृ,त्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर क्वारेन्टाइनमा भने एक हजार ५७ जना रहेका छन् । शनिबारसम्म नेपालमा १६ लाख दुई हजार ६०३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।