Gold
Bangad salyan

खोलामा गाडीएको अवस्थामा फेला परेको जीवित नवजात शिशु ।

३० कार्तिक, सप्तरी(बालुवामा गाडिएको नवजात शिशुलाई शुक्रबार जीवितै उद्धार गरिएको छ । बोदे बरसाईन नगरपालिका९५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा फेला परेको नवजात शिशु बालकलाई जिवितै उ,द्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ । स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग खडक खोलाको बालुवामा गाडिएको अवस्थामा बालक फेला परेको हो । शिशुको खुट्टाको भाग देखेर स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका सई अयोधिशरण यादवले बताए ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रेफर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बिटका प्रहरी हवल्दार रामशंकर यादवका अनुसार शिशुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ । शिशुका बुवा९आमाको भने प्रहरीले खोजी गरिरहेको छ ।

दश दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका९३ स्थित नहरमा समेत वेवा,रिसे अवस्थामा एक नवजात शिशु बालक फेला परेको थियो । वेवारिसे अवस्थामा फालेको उक्त नवजात शिशु बालकलाई गजेन्द्रनारायण सिंह अस्पतालले एनआइसीयूमा राखेर चार दिन उपचार गरेपश्चात धरान रेफर गरेको छ । अन्नपूर्ण पोष्टमा लेखिएको छ ।

जीवित अवस्थामा उद्धार गरिएको उक्त नवजात शिशु अहिले धरानस्थित प्रतिष्ठानमा सुरक्षित रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । भर्खरै जन्मिएको दुबै शिशु बालकको आमाबुवाबारे प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन् ।