Gold
Bangad salyan

सुर्खेतमा भिरबाट लडेर राउटे युवाको मृ,त्यु ,

मंसिर १० ,सुर्खेत – सुर्खेतमा भिरबाट लडेर एक राउटे युवकको मृ,त्यु भएको छ। चिङ्गाड गाउँपालिका,२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृ,त्यु भएको हो।

गत ८ गते भिरबाट लडेर निधन भएको बताईएपनि आजमात्र खबर थाहा हुन आएको सुर्खेत प्रहरीले जनाएको हो। नेपालमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन्। ,

नेपालमा लोपन्मुख जातिमा गनिए राउटे समुदाय अब १४४ सदस्य छन्। कुनैबेला जंगलमा बस बस्ने गिठा ,भ्याकुर ,कन्दमुल खाने बाँदरको सिकार गर्ने यो जाति अहिले बिस्तार मानव बस्ति समुदायमा घुलमिल हुन थालको छ।

राउटे समुदायले जंगलमा बस्ने काठका भाँडा कुँडा निर्माण गर्ने र समुदायमा पुगेर मकै, गहु ,संग साट्ने र आफ्नो जिविका चलाउने गर्दछन।