Gold
Bangad salyan

कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ पौडेल ,

मङ्सिर १८ ,काठमान्डौ – नेपालि कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द आन्दोलन जारी रहने बताएका छन्।

तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका पौडेललाई हिजो बुधबार प्रहरीलेले नियन्त्रणमा लिएको थियो।

सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम गरेको भन्दै पौडेलले आपति जनाएका हुन् ।

सुनियोजित ढंगले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्ने समेत उनले माग गरेका छन् ।

आज तनहुँमा हजारौ कांग्रेस कार्यकर्ताको बिचमा पौडेलले ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्।

तर, लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रती खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ पौडेलले  भनेका छन् ।