नेकपा किचलो अब स्थायी कमिटीबाट समाधान खोजिने ,
मङ्सिर २० ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को आन्तरिक विवादको समधान अब स्थायी कमिटिमा छलफल हुने भएको छ।
वालुवाटारमा आज बसेको सचिवालय बैठकले भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गर्दै अध्यक्ष दोयको प्रस्तावबारे छलफल गर्ने बताएको हो।
सचिवालय बैठक बस्नु अगाडि दुवै अध्यक्षको भेट वार्ता समेत भएको थियो। बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल आजपनि भएको छ ।
छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्ने गरी बैठक सम्पन्न भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल हुन्छ प्रवक्ता श्रेष्ठले रंग दर्पणलाई भने।

