प्रधानमन्त्री ओलीले भने भोलिको स्थायी कमिटि बैठकमा म जाँदिन ,
मङ्सिर ,२० ,काठमान्डौ – भोलि बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटिको बैठकमा प्रधानमन्त्री एवम पार्टी अधय्क्ष केपी शर्मा ओलीको असहमति भएको चर्चा चलेको छ।
वालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीपनि उपस्थित थिए। दुवै अधय्क्षले गरेको प्रस्तावले आजको सचिवालय बैठकमा प्रवेश गरेपनि निष्कर्ष भने हुनसकेन।
भोलि ठिक १ बजे पार्टी कार्यालय धुम्बाहरीमा स्थायी कमिटि बैठक बस्ने र दुवै अधय्क्षले अगाडी सारेका प्रस्तावमा छलफल गरिने आजको सचिवालय बैठकले निर्णय गरेको हो।
तर भोलिको बैठकबस्ने भन्नेबारे अध्यक्ष प्रचण्डको मात्र एकल निर्णय भएको भन्दै प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गरेको विशेष श्रोतले जानकारी गरेको छ।
ओली बैठकमा बस्ने र छलफल गर्नेमा सहमति हुन्छन वा हुन्न भन्ने भोलिको स्थायी कमिटि बैठकलाई कुर्नुपर्ने छ।

