Gold
Bangad salyan

मङ्सिर २८ मा संबैधानिक परिषदको बैठक बस्दै ,

मङ्सिर २५ ,काठमान्डौ – संवैधानिक परिषदको बैठक आउँदो आइतबार २८ गते बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते वालुवाटारमा संवैधानिक परिषदको बैठक बस्ने जानकारी गरेका छन्।

संवैधानिक बैठक बस्नु पुर्वाअगावै २४ घण्टापहिले सदस्यहरूलाई जानकारी गर्नुपर्ने भएकोले आज ओलीले बैठक बोलाएका थिए। हाल विभिन्न संवैधानिक निकायमा गरि ४५ पद रिक्त छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र आयुक्त गरि ३ पद रिक्त छन्, तेस्तै निर्वाचन आयोगमा २ आयुक्त पद रिक्त छन् भने रास्ट्रिय महिला आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छन् ।

तेस्तै अन्य आयोगमा पनि विभिन्न शिर्षकमा पदपूर्ति गर्नुपर्ने भएकोले २८ गते संवैधानिक परिषदको बैठक बोलाईएको वालुवाटार श्रोतले जनाएको छ।