Gold
Bangad salyan

न्यु डाँफे स्पोर्ट्स क्लबको अध्यक्षमा सुनार चयन ,

मङ्सिर २९ ,बाँके – बाँके जिल्लाको खेल क्षेत्रमा अग्रसर न्यु डाँफे स्पोर्ट्स क्लबको साधारण-सभा सम्पन्न भएको छ। खेल क्षेत्र को बिकास र खेलाडीहरुको दक्षता र खेल निपुणलाई बिकास गर्ने उद्देश सहित गठित न्यु डाँफे स्पोर्ट्स एकेडेमीले बिभिन्न खेल आयोजना तथा प्रतियोगीतामा बिजय हाँसिल गर्दै आएको छ ।

बाँके जिल्लामै लामो समय देखी एउटा ईतिहास बोकेको खजुरा गाउँपलिकामा खेलाडी उत्पादन होस अथवा बाँके जिल्लाकै ठुलो धन राशीको फुटबल गेम लामो समय देखी आयोजना गर्न सफल बाँके जिल्लाको सम्पूर्ण खेलाडी मन मुटुमा बस्न सफल क्लब त्यो हो न्यु डाफे स्पोर्ट्स क्लब।

त्यसैगरी बाँके जिल्लाकै लोकप्रिय फुटबल कार्यक्रम गोल्डकप बिजेता न्यु डाफे स्पोर्ट्स क्लब खजुरा वडान ४ को आज बसेको भेलाबाट बाँके जिल्लाका खजुरा गाँउपालिका वडानं-४- वडाअध्यक्ष तिलक विर सुनार अध्यक्षमा चयन भएका छन्।

त्यसैगरी ,सचीवमा खजुरा गाउँपालिकाका युवा तथा नेता मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँके जिल्ला कमिटी सदस्य रत्तन के.सि र कोषाध्यक्षमा बाँके जिल्ला युवा संघ नेपालका जिल्ला कमिटी सदस्य एवम् बाँके जिल्ला लोकप्रिय नेता नारायण खनाल सहित अन्य सदस्यहरु भेला द्वारा सर्बसम्म्त चयन गरिएको युवा नेता रोशम शाही ठकुरिले जानकारी दिए ।