गृहमन्त्री र लेखराज भट्टपनि राजिनामा दिने तयारिमा ,
पुष ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको संसद विघटनलाई रास्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि देशभर आन्दोलन चर्कीएको छ।
केपी शर्मा ओलीले जनतामाथि निरंकुशता लाद्ने र अलोकतान्त्रिक काम गरेपछि नेकपा सहित तिन दलले सर्वदलिय बैठक बसेर कारबाही गरेको तयारि गरेका छन्।
तेस्तै केपी ओलीको कु लाई प्रतिवाद गर्दै गृहमन्त्री राम बहादुर थापा बादल र उधोग मन्त्रि लेखराज भट्टले पनि राजिनामा दिने तयारि गरेको विशेष श्रोतले बताएको छ। सात मन्त्रिले यस अघिनै राजिनामा दिईसकेका छन्।
राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर छन् । गृहमन्त्री र भट्टले राजिनामा किन दिएनन भन्ने अन्य मन्त्रिहरुको समेत चासो थियो।
तेस्तै हिजोमात्र नेपालि कांग्रेसक सभापति बोलाएको सर्वदलिय बैठक बसेको छ ,बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी छन् ।
नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन् । जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत छन् ।

