Gold
Bangad salyan

प्रधानमन्त्री ओलीलाई कार्यक्रममा जानको लागि वालुवाटारमा हेलिप्याडको व्यवस्था ,

पुष ७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका (नेकपा ) का प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास वालुवाटारमा अत्याधुनिक हेलिप्याडको व्यवस्था गरिएको छ।

नागरिक उड्डयन प्राधिकरण (CAAN) काे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड (Helipad) निर्माण कार्य सम्पन्न गरिएको हो।

प्रधानमन्त्रीलाई अन्य कार्यक्रम एयरपोर्टमा जाँदा सडकमा जाम भएको भन्दै उनलाई निवासमानै हेलिप्याडको व्यवस्था गरिएको हो।

ओली आज भोलि कुनै कार्यक्रममा भने पुगेका छैनन् ,गत साउन २६ गते संखुवासभाका विभिन्न कार्यक्रममा ओली उक्त हेलिप्याडबाट उडेका थिए भने साँझा निवासमा सोहि हेलिप्याडबाट फर्कीएका थिए।