केपी ओलीको कु विरुद्द जाजरकोटदेखि खलङ्गा रुकुम पश्चिममा विशाल प्रदर्शन ,
पुष १४ ,जाजरकोट – कर्णाली प्रदेश जाजरकोट सदरमुकाम खलंगामा नेकपा प्रचण्ड माधव समुहले विशाल र्याली निकालेको छ। केपी ओलीको संसद विघटनविरुद्द जाजरकोटदेखि कुदु हुँदै मोटरसाईकल र्याली निकालेर आम नेपालीले नाराबाजी समेत गरेका छन्।
उनीहरुले प्रतिगमनकारी केपी ओली मुर्दावाद ,संसद विघटनफिर्ता गर ,सम्पूर्ण गणतन्त्रवादी एक हौ ,नेपालि जनता हाई हाई केपी विद्या बाई बाई लगायतका नारा घन्काएका थिए। तेस्तै आज रुकुम पश्चिममापनि प्रचण्ड नेपाल समूहले प्रदर्शन गरेको छ ,तेस्तै कर्णाली प्रदेश सुर्खेतमापनि केपी शर्मा ओलीको कु विरुद्द प्रदर्शन गरिएको छ।
तेस्तै आज काठमान्डौ उपत्यका लगायत देशभरका ७७ वटै जिल्लामा प्रतिगमनकारी केपी ओलीविरुद्द आन्दोलन गरिएको छ।
केपी ओलीविरुद्द सुर्खेतमा भएको प्रदर्शन ,

सल्यान खलङ्गामा ओलीको कु विरुद नाराबाजी सहित प्रदर्शन ,


