केपी ओलीको निरङ्कुश फासिवादी राज्यसत्ताविरुद्द विप्वल सहित चार पार्टीको रणनैतिक मोर्चा निर्माण ,
पुष १५ ,काठमान्डौ – केपी शर्मा ओलीको निरंकुशता साफिवादी संसद विघटन कदमप्रति नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव सहित चार पार्टीले रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने भन्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ।
केपी ओली सरकारको फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बिचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ।
जसमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव ,नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव किरण ,नेकपाका अधय्क्ष ऋषिराम कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले हस्ताक्षर गरेका हुन्।
विज्ञप्तिमा सम्पुर्ण देशभक्त, प्रगतिशिल, जनतान्त्रिक एवं क्रान्तिकारी शक्तिहरु धुव्रिकृत र एकजुट हुन अनुरोध गरिएको हो। दलाल पुँजिवादी संसदिय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गरौँ जारि विज्ञप्तिमा उल्लेख छ।
अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षिय समाधान पुनर्स्थापना वा मध्यावधी निर्वाचन वा यसै व्यवस्थाभित्र केवर सरकारमात्र परिवर्तन गरेर हुनसक्दैन। यसकालाई दलाल तथा प्रतिक्रियावादी राज्य सत्ताको अन्त्य र संघिय गणतन्त्र/ वैज्ञानिक समाजवादको स्थापना हुनुपर्ने उल्लेख छ।


