Gold
Bangad salyan

नेपालको संविधानमा लाल मोहर लगाउन केपी ओली र विद्या भण्डारीको होईन प्रचण्ड ,

पुष १५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष प्रचण्डले रास्ट्रपति विद्या भण्डारी र काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओली दुई जनाकोमात्र नभएको बताएका छन्।

केपी शर्मा ओलीको कु विरुद्द हिजो भृकुटीमण्डपमा भएको विरोध प्रदर्शनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। केपी ओलीले पार्टी फुटाउन ल्याएको अध्यादेश सबैलाई सर्वविदितै छ ,आम नेपाली जनताले विरोध गरेपछि फिर्ता गरे ,नेकपा छुट्टै पार्टी दर्ता गर्ने अध्यादेशमा हस्ताक्षर गराउन सांसद अपहरण गर्ने जस्ता ओलीका हजारौ गल्ति हुँदापनि आफु चुप बसेको प्रचण्डले बताए।

ओलीले पार्टीलाई कहिलेपनि विधि र पदत्तिमा संचालन गरेनन ,सचिवालय बैठक ,स्थायी कमिटि बैठक बासु भन्दा त ओलीलाई ज्वरो आउने र उनि उपस्तिथ नहुने गरेको पनि सबैलाई थाहा छ।

यसपटक पुष ५ गते ओलीले संसद विघटनको प्रस्ताव लैजानेबित्तिकै रास्ट्रपतिले लालमोहर लगाउन मिल्ने त्यो दुई जनाको संविधान होइन प्रचण्डले भन। अहिले देशभरमा ओलीको कु विरुद्द प्रदर्शन भईरहेको छ ,जब सम्म संसद सुचारु हुँदैन तबसम्म आन्दोलन जारि रहनेपनि अध्यक्ष प्रचण्डले बताए।

केपी ओलीको सिद्दान्त बयलगाडा हो भन्ने पहिलेनै थाहा भएपनि जनता र देशको लागि बाम गठबन्धन गरेर अगाडी बढेको प्रचण्डले बताए। नेपालको संविधानमा नभएको कुरा ओलीले र रास्ट्रपति दुई जनाले प्रयोग गरेर जिउदै जनतालाई मार्न खोजेको उनले बताए।

तेस्तै बाहिर नेकपा सरकार फुटेको होकी भनेन कुरा चलेकोमा दाहाल प्रचण्डले भने फुटेको भंग भएको केपी ओलीको सरकार हो ,अब ओलीले जब सम्म जनताको सामु अपराधी हु भन्दैनन तब सम्म जनताले छाड्दैनन ,उनले कलंकको कालो टिका लागईसकेका छन् दाहालले भने । अहिले नेकपाभित्र केपी ओली र प्रचण्ड नेपाल समूह अलग अलग भईसकेको छ।