Gold
Bangad salyan

महिला परपुरुषसँग टाप भएसी तीन वर्षीय बालिका बेपत्ता भएको ७ दिनपछि भेटिइन्

पौष १५ काठमाडौं । यही पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी तीन वर्षीय बालिका सात दिनपछि आज फे,ला परेकी छन् । बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरु,षसँग गएपछि हरा,इरहेकी ती बालिका प्रहरीको सक्रियतमा फे,ला परेकी हुन् । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्का पुरु,षसँग गएपछि तीन वर्षीय बालिका कीर्तिका बेखबर बन्दै आएकी थिइन् । मङ्सिर २८ गतेदेखि ती महिला हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

ती महिला हराएको आठ दिनपछि पुनः तीन वर्षीय छोरी एकाएक हरा,एपछि घरपरिवारमा खैलाबैला भएको थियो । त्यसपछि खोजीको लागि प्रहरी कहाँ पुगेको देवर जीवनले बताए । ‘श्रीमान् विदेशमा श्रीमती परपुरुषसँग गएपछि बालिका बेखबर’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीले खोजी कार्यलाई अझ तीव्रता दिँदै आएको थियो ।

ती महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि बालिकाको अवस्था थाहा पाउन नसकिएकाले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । लामो प्रयासपछि बालिका फेला पारी काका जीवनलगायतका आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।