Gold
Bangad salyan

आज ५११ जनामा कोरोना भाईरस संक्रमण फेला ७ जनाको निधन ,

पुष १५ ,काठमान्डौ – गत २४ घन्टामा ५११ जनामा कोरोना भाईरस संक्रमणका बिरामी थपिएक छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६०,हजार ५९ जना पुगेको छ।

तेस्तै पछिल्लो समयमा ६ सय जना डिस्चार्ज भएपछि हाल सम्म निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यस्तै स्वास्थ्य मन्त्रलौयाका अनुसार आज ७ जनाको कोरोनाबाट निधन भएपछि हाल सम्म १८ सय ४७ जनाको कोरोनाबाट निधन भएको हो।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।