बाघको आक्रमण बढेपछि पूर्व-पश्चिम राजमार्गमा ८ बजेपछि पैदल,मोटरसाईकलमा रोक ,
पुष १९ ,काठमान्डौ – साँझा परेपछि बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जल अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा ८ बजेपछि पैदलयात्रु र मोटरसाईकल सवारमा रोक लगाईएको छ।
पाठेबाघको आक्रमण बढेपछि निकुञ्ज प्रशाशनले हिजो १८ गते सूचना जारीगर्दै राति ८ बजेदेखि बिहान ६ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको हो । निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडकखण्डमा विगत केही महिनादेखि पाटे बाघकोको आक्रमण बढेको निकुञ्ज प्रशाशनले जनाएको छ।
तेस्तै हिजोमात्र बर्दियाबाट कैलाली जाँदै गरेकी कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया समाजसेवी नन्दकली थापालाई बर्दिया राष्ट्रिय निकुञ्जको बाघले झम्टिएर जंगलमा लागेको थियो।
उनको शव हिजोमात्र फेला परेको थियो। तेस्तै निकुञ्जका बाघहरु आहारा खोज्दै अहिले सडकमा आउने गरेका छन् ,पर्सा रास्ट्रिय निकुञ्जको पाठे बाघ हिजो आहार खोज्न सडक पार गर्दैगर्दा गाडीले ठक्कर दिएर भागेको थियो भने बाघ घटनास्थलमै मरेको थियो।


