Gold
Bangad salyan

माधव नेपालको अधय्क्षतामा नेकपा स्थायी कमिटि बैठक सुरु ,

पुष २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड दाहाल समूहको स्थायी कमिटि बैठक पेरिसडाँडामा सुरु भएको छ। १ बजेबाट सुरु भएको बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिकलगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिएका हुन् ।

अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारको लागि आज भारतको मुम्बई प्रस्थान गरेपछि अर्का अधय्क्ष माधवा कुमार नेपालको अध्यक्षतामा बैठक सुरु भएको हो। आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले माधव कुमार नेपालको संयोजकत्वमा १० शक्रिशाली सदस्यीय कार्यदल गठन गरेको छ ,।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई धारमा चलेको छ ,नेकपाको बहुमत प्रचण्ड नेपालतिर छ ,केपि शर्मा ओली आफु अल्पमतमा परेको स्वीकार गरिसकेका छन्। प्रचण्ड नेपाल समूह लगायत विपक्षिदलले संसद विघटनविरुद्द देशभर आमरूपमा प्रद्र्सहना गरिरहेका छन्।