त्रिभुवन विमानस्थालमा ५० राउण्ड पेस्तोलको गोलि सहित एक ब्याक्ति प,क्राउ,
पुष २० ,काठमान्डौ – काठमान्डौ विमानस्थलबाट ५० राउण्ड पेस्तोलको गोलीसहित एक ब्याक्ति प,क्राउ परेका छन् ,पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई रहेका छन्।काठमान्डौबाट झापा भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा उनले टिकेट काटेका थिए ,।
झोला खानतलासीमा उनीबाट नाइन एमएम पेस्तोलमा लाग्ने गोलीसहित नियन्त्रणमा लिईएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए। राईलाई आवश्यक अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

