Gold
Bangad salyan

प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्द युवा संघले सिट्ठी जुलुस निकाल्दै ,

माघ १२ ,काठमान्डौ – -प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्द युवा संघले आज सिट्ठी जुलुस निकाल्ने भएको छ। प्रधानमन्त्रीद्वारा बिघटित ससंसदको बिरूद्ध युवा संघले आज दिउँसो २ बजे कमलपोखरीमा सिट्ठी जुलुस निकाल्ने भएको हो।

युवा संघ काठमान्डौले सिठ्ठी जुलुसमा सबैलाई सहभागी हुन आवहान गरेको छ। केपी ओलीले गत पुष ५ गते नेपालको संवैधानिक लोकतन्त्र गणतन्त्रलाई हस्तक्षेप गर्दै संसद विघटन गरेपछि सिंगो देश उनिविरुद्द आन्दोलित छ।

केहिदिन अगाडी मात्र युवा संघले ओली विरुद्द कालो बेलुन ,राके जुलुस ,कालो झण्डा देखाएर विरोध गरेको थियो।