केपी ओलीको ठाडो निर्देशनमा रामकुमारीलाई पक्राउ गरियो प्रचण्ड भिडियो सहित ,,
माघ २९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्।
पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको समेत बताएक हुन्।
रामकुमारी झाक्री लोकतन्त्र प्रति पर्खर बक्ता हुनुहुन्छ उँहालाई पक्राउ गर्नु लोकतन्त्र माथिको आक्रमण हो दाहालले भने।
आफुहरुले झाक्रीलाई पक्राउ नगर्नु भन्दापनि ठाडो निर्देशनमा पक्राउ गरिएको र यस विषमा निर्णय लिने पनि प्रचण्डले बताए।झाक्रीलाई पक्राउ पुर्जीबिनानै उनको निवास शंखमुलमा पुगेरा प्रहरीले आज पक्राउ गरेको छ।

