Gold
Bangad salyan

केपी ओली राजाभन्दा पनि ठूला राजा भए देउवा ,

फागुन ३ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा भएको बताएका छन् ।

भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भने अहिले ओली र प्रचण्ड कुर्सिको लागि लडिरहेका छन्। प्रचण्डले प्रजातन्त्र मान्छु भनेपछि गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो।

तर अहिले यिनीहरु नेपालका पूर्व राजा महाराजा भन्दा ठुला बडा महाराज हुन थालेका छन्। यो उनीहरुको कुर्सिको झगडा हो यसमा हाम्रो कुनै हात छैन देउवाले भने।

नेपालि कांग्रेसभित्र कसैले केपी ठिक त कतिले प्रचण्ड ठिक भनेर पनि बोल्दै आईरहेका छन् ,जसले गर्दा हाम्रो पार्टीलाई समेत समस्या आएको छ तेसैले मा यहिबाट आवाहन गर्छु ,नेकपाको कुर्सिको झगडामा हाम्रो कुनै हात छैन।बर्तमान सरकारको असंवैधानिक र प्रतिगामी कदमका विरुद्धमा नेपाली काँग्रेसले रुपन्देही भैरहवामा विशाल आमसभा गरेको छ।