सपना रोकामाथि अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत पक्राउ ,
फागुन ४ ,काठमान्डौ – सपना अरोका मगरमाथि अभद्र व्यवहार गर्ने विनय जंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।
बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई बिनयले सामाजिक संजाल युटुबमा अभद्र व्यहार गरेका थिए। आफूमाथि अभद्र व्यवहार भएको भन्दै सपनाले आइतबार उजुरी दिएकी थिइन् ।
सपना रोका वेवारिसे शव व्यवस्थापन गरेर चार्चा आएकि थिइन् ,भने बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा पनि परेकी थिइन् । विनय र सपनाले सहकार्यमा वेवारिसे शव व्यवस्थापन गर्दै आईरहेका थिए।
म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । पछिल्लो समय विनयले सपनालाई ब्लाय्क्मेल समेत गरेको पाईन्छ ,विनयले सपनाका आफुसंग नाङ्गा तस्विरहरु भएको र मोबाईल पेनड्राईभमा समेत सेभ गरेर राखेको र सार्वजनिक गर्दिने भनेर बोल्दै आईरहेका छन्।

