Gold
Bangad salyan

पेट्रोलियम पदार्थमा मूल्य फेरि बढ्यो,

फागुन ४ ,काठमान्डौ – नेपालि बजारमा एक महिनामा दुइपटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो ।

नँया मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ कायम गरिएको छ , यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर हुने छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ ।

मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको निगमले बताएको हो ।