अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्चमा ,
फागुन ६ ,काठमान्डौ – काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन्।
प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम रहेको प्रधानमन्त्री निकट श्रोतले जनाएको हो ।
ओलीले २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

