प्रधानमन्त्रीले विराटनगरमा पुगेर अदालतलाई दिए धम्कि ,संसद पुनस्थापना भए आन्दोलन गर्छु,
फागुन ८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आजको सभालाई समोधन गर्दै अदालत न्यायलयलाई धम्कि दिएका छन्।
केपी ओलीले आज विराटनगरमा पुगेर चुनाव हुन्छ यो मेरो दाबि हो ,यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।
फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।ओलीले यो भन्दा अगाडीपनि अदालतका न्याधिशलाई धम्कि दिने गरेपछि ओलीविरुद्द मानहानीको मुद्दा परेको थियो ,जसमा अदालतले ओलीलाई लिखित जवाफ मागिसकेको छ।
तेस्तै पार्टी र चुनाव चिन्हको लागि समेत ओलीले निर्वाचन आयोगलाई धम्कि दिएका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद पुनस्थापन नगर्न समेत चेतावनी दिएका छन्।
यो भन्दा अगाडी ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडने गरेका थिए।
लगतै नेकपाबाट अलग भएको नेकपा समूह दाहाल नेपाल समूहले केपी ओलीले संसद विघटन गर्ने र उल्टै अझै अदालत र निर्वाचन आयोगमा सेटिङ भईसक्यो भन्नुले देश दुर्घटनामा जाने संकेत गरेको थियो।
केपी ओलीले पुष ५ गते संसद विघटन गरेपछि संसदविघटन विरुद सर्वोच्चमा रिट परेको छ ,जसको सुनुवाई भईसकेको छ भने फागुन ११ देखि १५ गतेभित्र फैसला आउनेमा जनता कुरिरहेका छन् ।

