Gold
Bangad salyan

बाबुराम भट्टराईलाई ट्युमर भएको आशंका उपचारकोलागि दिल्ली जाँदै ,

फागुन ९ ,काठमान्डौ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली जाँदै छन् ।

पेटमा समस्या देखिएपछि उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।

उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा जान लागेका हुन् । पेटमा समस्या देखिएपछि भट्टराइले काठमान्डौको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे पनि दिल्ली जाने भट्टराईको सचिवालयले जनाएको छ ।