विवेकशिल साझाको प्रतिगमनकारी केपी ओलीलाई कालो मोसो ,
फागुन ९ ,काठमान्डौ – विवेकशील साझा पार्टीले प्रतिगमनकारी केपी शर्मा ओलीलाई शन्तिवाटिमा कालो मोसो लगाएर प्रदर्शन गरेको छ। गत ३ गते देखि संसद विघटन र सरकारको कू को विरुद्द आन्दोलन गर्दै आईरहेको विवेकशील साझा पार्टीले आज प्रतिगमनकारीको चित्र गराएर विभिन्न रङ्ग हालेर विरोध गरेको हो।
पार्टीका केन्द्रिय सदस्यहरुले आ आफ्नो भनाई राख्दै जब सम्म संसद पुनस्थापन हुन्दैन तब सम्म आफुहरुको आन्दोलन भईरहेको साझा पार्टीले जनाएको हो। तेस्तै प्रतिगमनकारीको अनुहारमा कार्यक्रममा उपस्थितित विभिन्न नागरिकले कालो मोसो दलेका थिए।

विभिन्न पार्टीले कुर्सिको लागि आन्दोलन गर्ने र नागरिकलाई मासु भातमा किन्ने गरेको समेत विवेकशिल साझाले आरोप लगाएको छ। नेपाल र नेपालको लागि सम्पूर्ण नागरिकले बुझ्नुपर्ने बेला आएको र आफ्नो सन्ततिकोलागि भएपनि प्रतिगमनकारीको लागि आवाज उठाउनुपर्ने बेला आएको सो पार्टीले जनाएको हो। तेस्तै प्रतिगमनकारीका विरुद्द आफुहरुले निरन्तर खबरदारी गरिरहने र १२ गते सम्म शान्तिवाटिकामा दिउँसो ४ बजेबाट प्रदर्शन गरिरहने साझा पार्टीले जनाएको हो।




रङ्ग दर्पण,,

