Gold
Bangad salyan

प्रचण्ड – नेपाल समूहले देशभर विजय जुलुस मनाउदै ,

फागुन १२, काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहले आज देशभर विजय जुलुस मनाउदै छ। प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको छ ।

जसको ऐतिहासिक फैसलालाई स्वागत गर्दै गाँउ गाँउबाट विजय जुलुस मनाउने तयारि भैइरहेको छ । प्रतिगमनकारी केपी गुट बाहेक आज सबै नेकपा पार्टी ,प्रतिपक्षदल नेपाली कांग्रेस ,विवेकशील साझा ,जसपा लगायतले देशभर विजय जुलुस मनाउने तयारि गरिरहेका छन्।

युवा संघले आज दिनको १२ बजे रत्नपार्कको शन्तिवाटिकामा विजय जुलुस मनाउने तयारि गरिरहेको छ। यो संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, तेसैले काठमान्डौ जिल्ला गाँउ गाँउबाट सबै दाजु भाई दिदि बहिनिहरुले विजय जुलुस मनाउन म आग्रह गर्दछु नेकपा अध्यक्ष दाहालले भनेका छन् ।