Gold
Bangad salyan

विप्लव कार्यकर्ताको रास्ट्रियसभामा प्रदर्शन विप्लव आऊ देश बचाउ ,

फागुन २२ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई स्वागत गर्दै उनका समर्थक कार्यकर्ताले विप्लव आऊ देश बचाउ ,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ,वैज्ञानिक समाजवाद जिन्दावादका नारा लगाउदै प्रदर्शन गरेका छन्।

रातो रंगको टिसर्ट लगाएक उनीहरु विप्लव रास्ट्रिय सभा गृहमा आउने बित्तिकै विप्लवको पक्षमा नाराबाजी गरेका थिए। विप्लव र सरकारसंग ३ बुँदे सहमतिसंग शान्तिसम्झौता भएपछि विप्लव हिजो रास्ट्रियसभा गृहमा सार्वजानिक भएका थिए।

सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गरेका थिए। विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, विप्लवमा सरकारले लगाएको प्रतिबन्ध हटाउने, आफ्ना सिरासत्मा रहेका आफ्ना कार्यकर्तालाई बन् रिहा गर्ने र मुद्दा खारेज गर्ने जस्ता सहमति भएपछि विप्लव समूहले सरकारसंग शान्ति सम्झौतामा हस्तक्षर गरेको थियो ।

विप्लवले हतियार बिसाउने वा नबिसाउने भन्ने बारेमामा भने सहमति पत्रमा खुलाईएको छैन।विप्लवले हत्या हिँसाको बाटो संगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्ध लगाएको थियो ।