Gold
Bangad salyan

प्रधानमन्त्रिले भोलि कोरोना खोप लगाउने ,

फागुन २२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।

यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्ष माथिका सबैलाई खोप नपुग्ने भएकोले यो चरणमा भने ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना रहेको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।