प्रचण्ड नेपाल समूहको स्थायी कमिटि बैठक तिन बजे लाई सारियो ,
फागुन २४ ,काठमान्डौ – प्रचण्ड – नेपाल समूहको स्थायी कमिटि बैठक ३ बजे पार्टी कार्यालय पेरिसडांडामा बस्ने भएको छ। आज बिहान ११ बस्ने भनिएको बैठकको समय पछि सरेर तिन बजे बस्ने नेता नारायणकाजी श्रेष्ठले बताए।
सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको विषया छलफल गर्न स्थायी कमिटि बैठक हिजोनै प्रचण्डले आवाहन गरेका थिए। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ ।
नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको हो । पार्टीका नेता कार्यकर्ताहरु अहिले विज्ञ अधिबक्ताहरुसंगको परामर्शमा समेत जुटेका छन्। माग गरिएको भन्दा बाहिर राजनीतिक ढंगले सर्वोच्च अद्लातले फैसला गरेको पार्टीका नेताहरुले गुनासो गरेका छन्।

