Gold
Bangad salyan

सुर्खेतमा पेस्तोलस देखाएर डर धम्कि दिने एक व्यक्ति पक्राउ ,

फागुन २४ ,सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० को साजित अलि ईद्रीसलाई पक्राउ गरेको हो।

इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हटिया देखाई डर त्रास धम्कि दिने गरेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपाल रायमाझीको प्रहरी अनुसन्धानटोलि घटनास्थलमा पुगेको थियो।

ईद्रीसलाई नियन्त्रणमा लिई निजको घर/कोठा तथा निजले नै संचालन गरेको जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ राधकृष्ण मन्दिर स्थित आजात रोयल सर्भिस सेन्टरमा खानतलासी गर्दा रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्‍याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ। साजित अलि ईद्रिसलाई पक्राउ गरी हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत ,