Gold
Bangad salyan

नयाँ वानेश्वर वृतकि प्रहरी हवल्दार र रेष्टुरेन्ट संचालक ११ लाख घुस सहित पक्राउ ,

फागुन २४ ,काठमान्डौ – महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवाल्दार ताराकुमारी श्रेष्ठलाई ११ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। ,

उनि संगै घुस लिईएको पैसा राख्ने चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको हो ।

श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो ।

माघ १७ मा रामेछाप लिखु–तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । मिलनलाई छुटाइदिन्छु भनेर उनीहरुले घुस मागेका हुन् ।