Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले भिम रावललाई भने अब तपाई कुन पार्टीको हो नि ?

फागुन २४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु कुन पार्टी हो भनेन कुरा सर्वोच्च अदालतले भनिसकेको बताएका छन् । तेस्तै ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई संकेत गर्दै भने तपाई कुन पार्टीको नेता हो नि ,म कुन पार्टीको प्रधानमन्त्री हु भनेर सोध्न सर्वोच्च अदालतमा जानुहोस।

आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्‍न गरेका थिए ? सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भिम रावललाई भने हुँदाहुँदा त कुन पार्टीको प्रधानमन्त्री हो रे ? सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।

ओलीले अगाडी भने मैले उल्टै प्रश्न गर्न नपरोस तपाई कुन पार्टीको हो भनेर , मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।सर्वोच्च अदालतले आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेर फैसला गरेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।