Gold
Bangad salyan

जसपा संसदीय दलको बैठक आज बस्दै ,

फागुन २५ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ । भोलि हुने संसदको बैठकमा अकसरी प्रस्तुत हुने देखि लगायतका बैठकमा गम्भीर छलफल हुने श्रोतले जनाएको हो।

संसद पुनास्थापाना पछि गएको आईतबार पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

विरोधका बाबजुद पनि सभामुख सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जसपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेरेका थिए ।

सर्वोच्च अद्लातले पूर्व एमाले र पूर्व माओवादी केन्द्रलाई व्युँताइदिएको छ यो संगै अबको राजनीतिक समीकरण नेपालि कांग्रेस र जसमा पार्टी निर्णायक भूमिकामा देखिन्छन।