Gold
Bangad salyan

धुम्बाराहीमा एमाले कार्यालयको नाम र साइनबोर्ड राखिने ,

फागुन २५ ,काठमान्डौ- नेपाल कम्युनिस्ट पार्टी नेकपा पार्टी कार्यालयको धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने भएको छ। सर्वोच्च अद्लातले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका हुन् ।

पार्टी कार्यालय (एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो। धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

उनका अनुसार मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन भैसक्ने छ ,तेस्तै जिल्ला स्तरमापनि यो कार्य तत्कालै हुने छ। २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो।

त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताको फैसला गरेको हो ।