Gold
Bangad salyan

१०६ वर्षे देवीमाया श्रेष्ठ भन्छिन सरकारले अहिले सम्म नागरिकता दिएको छैन ,अन्तिम ईच्छा नेपाली भएर मर्न पाँउ ,

फागुन २५ ,काठमान्डौ – १०६ वर्षीय देवीमाया श्रेष्ठले आज कोरोना बिरुद्धको खोप लगाउनु भएको छ। श्रेठ विगत १४ वर्षबाट ललितपुरको मन्जुश्री वृद्ध आश्रममा बादी आईरहनु भएको छ। उँहाको पुर्खेउली घर कँहा हो भन्ने समेत भुलिसक्नु भएको छ भने नेपाली नागरिकता पनि पाउनु भएको छैन।

देवीमायाले अहिले सम्म सरकारबाट कुनै सेवा सुविधा नपाएको हामीलाई सुनाउनु भयो। नागरिकता नभएसम्म सरकारले बृद्ध भत्ता दिदिअन भनछन ,म संग नागरिकता छैन मेरो अन्तिम ईच्छा भनेको नेपाली नागरिक भएर मर्न पाँउ भन्ने माग हो उनले भनिन।