Gold
Bangad salyan

कसैको दिमाग बिग्रीएको छ र केपी ओली तिर जाने उपेन्द्र यादव ,

फागुन २९ ,काठमान्डौ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिएका छन्।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको कुनै हालतमा सहकार्य हुन सक्ने उपेन्द्र यादवले दोहोर्याएका हुन्।

कसैको दिमाग बिग्रीएको छ र केपी ओलीको सरकारमा जाने ,?आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो यादवले भने ।अहिलेको सरकारको विकल्प खोज्नु दुवै पार्टी सकारात्मक भएका छौ ,तेस्तै कांग्रेस, माओवादी र जसपाको साझेदारीमा सरकार बन्न सक्ने यादवले भने ,।

जसपाका नेता उपेन्द्र यादव ,डा. बाबुराम भट्टराई माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा सहभागी भएका थिए । बैठकपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा गरी तीनवटै दल बसेर पनि वार्ता गर्ने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।